आजपाद्वारा भन्सार विभागमा आजपनि धर्ना, प्रहरीद्धारा बल प्रयोग (भिडिओसहित)


काठमाडौं, २२ असोज । प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता तथा कार्यकर्ताहरुले आजपनि काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना दिएका छन् ।

देशमा सरकारी वेतनभोगी कर्मचारीहरुमार्फत राजश्वमा हुने ४५ प्रतिशतको लुटकारी व्यवस्था खारेजीको माग गर्दै आजपाले पछिल्लो समय धर्ना तथा विरोध प्रदर्शन जारी राखेको छ । त्यसकै निरन्तरतास्वरुप आजपाका नेता तथा कार्यकर्ताहरुले आज भन्सार विभाग घेराउ गरेका हुन् ।

यसअघि आजपाले गत भदौ ३१ गते ललितपुरको कुपण्डोलबाट विरोध र्याली निकालेर आजपाले भन्सार विभागमा पुगी ज्ञापनपत्रसमेत बुझाएको थियो । आज विरोध प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्ताहरुमाथि भने प्रहरीले बल प्रयोग गरेको छ ।

हेर्नुहोस भिडिओ :