Logo

टीआरसी विधेयकमा २८ सांसदले राखे संशोधन प्रस्ताव



काठमाडौं,२३ असोज । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि २८ जना सांसद्को संशोधन प्रस्ताव परेको छ ।

सात महिना अघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद सचिवालयमा दर्ता गरेको उक्त विधेयकमा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ११३ अनुसार २८ वटा संशोधनका प्रस्ताव दर्ता भएका हुन् ।

संसद सचिवालयका अनुसार यसरी संशोधन प्रस्ताव दर्ता गर्नेहरुमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट सचेतक रुपा सोसी चौधरी, पूर्णबहादर घर्ती र हितबहादुर तामाङ रहेका छन् । भने नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, नेताहरु प्रदीप पौडेल, मैना कार्की रावल, अर्जुननरसिंह केसी, संजयकुमार गौतम, राजेन्द्रकुमार केसी रहेका छन् । त्यस्तै प्रुखख प्रतिपक्षी दल नेकपा एमालेबाट प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला , सांसदहरु विद्या भट्टराई, रघुजी पन्त, गोकुल बास्कोटा, दामोदर बैरागी पौडेल, र भगवती चौधरीले संशोधन हालेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अम्बरबहादुर थापा, राजेन्द्र पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, र भानुभक्त जोशी तथा रास्वपाबाट गणेश पराजुली, अशोक चौधरी, लक्ष्मी तिवारीले संशोधन हाल्दा राप्रपाबाट ज्ञानेन्द्र शाही र दीपकबहादुर सिंहको संशोधन परेको छ ।

त्यस्तै जसपाबाट प्रदीप यादव र रेखा यादव, लोसपाबाट रामप्रकाश चौधरी, जनमतबाट विनिताकुमारी सिंह, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र नेमकिपाबाट प्रेम सुवालले पनि संसोधन होलका छन् ।

२८ वटा संशोधन प्रस्तावमध्ये नेकपा (माओवादी केन्द्र)का सांसद चौधरी,राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाबाट प्रेम सुवालले विधेयकको प्रस्तावनामा नै संशोधन प्रस्ताव दर्ता गराएका छन् । त्यो बाहेक अधिकांश संशोधन दफा दुईको उपदफा एक र दुईमा परेको छ । भने बाँकी दफा तीन, चार, ६, सात, नौ, १०, ११, १२, १३, १४, १५, १८, १९ र २० मा परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot