Logo

प्रधानमन्त्रीको निर्देशनमा फाजिललाई एक अर्ब २३ करोड बाड्ने काम भयोः मन्त्री बस्नेत



काठमाडौं, २३ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा वीर अस्पतालका फाजिल कर्मचारीलाई एक अर्ब २३ करोड बाडिएको बताएका छन् ।

आज (मंगलबार) विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोन गर्दै उनले सोही दिन नआओस् भन्नका लागि कोभिड प्रयोजनमा नियुक्त गरेका कर्मचारी बर्खास्त गरिएको बताएका हुन् ।

तलब दिन नसक्ने अवस्थामा पुगेपछि वीर अस्पतालमा करारमा नियुक्ति गरिएका कर्मचारी निकालिएको बताएका छन् । आफू स्वास्थ्य मन्त्री भएर आउने बेलामा पनि १० महिनादेखि तलब नपाएका फाजिल कर्मचारीको तलब भुक्तानीका लागि प्रधानमन्त्रीले निर्देशन दिएको उनको भनाई छ ।

‘हिजो पनि म आउने बेलामा १० महिनादेखि तलब नपाएर बसेका सयौं कर्मचारीहरुलाई मैले त ९५ करोड भनेको थिएँ, अर्थ मन्त्रालयको एक अर्ब २३ करोड पैसा फाजिल खर्च भएको छ । समाननीय प्रधानमन्त्रीज्यूको निर्देशनमा यो बाड्ने काम भएको हो । सधैंभरी फाजिलमा बाड्ने काम त भएन,’– उनले भने ।

वीर अस्पतालले कोभिडको समयमा करारमा नियुक्त भएका दुई सय ७६ कर्मचारीलाई केही समयअघि बर्खास्त गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot