Logo

परराष्ट्रमन्त्री साउद आफैं इजरायल जाने



काठमाडौं, २४ असोज । नेपाली नागरिकहरुको उद्धारका लागि परराष्ट्रमन्त्री नारायण प्रसाद साउद आफैं युद्धग्रस्त मुलुक इजरायल जाने भएका छन् । उनी आज (बुधबार) राती नेपाल एयरलाइन्सको जहाजबाट इजरायल जाने भएका हुन् ।

सरकारले इजरायल सरकारबाट चार्टर विमान उडान र अवतरणको अनुमति दिइसकेको छ । इजरायलमा रहेका दुई सय ८८ नेपालीले स्वदेश आउन आवेदन दिएका छन् ।

इजरायलमा चार हजार पाँच सय नेपाली केयर गिभरको रुपमा कार्यरत छन् भने दुई सय ६५ नेपाली विद्यार्थी अध्ययनको क्रममा इजरायलमा रहेका छन् ।

विद्रोही समूह हमासको आक्रमणबाट इजरायलमा १० जना नेपालीले ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot