राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


काठमाडौं।२६ असोज । गत पुसमा भेपमा राखेर भएको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

सोही प्रकरणमा पक्राउ परेका सुन तस्कर चिनियाँ नागरिकका सवारी चालक लोकेन्द्रकुमार पौडेललाई भने ५ लाख धरौटी माग भएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा राहुलविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी अभियोग किटान गरिएको छ।

गत वर्ष पुस १० गते दुबईबाट आएको जहाजमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको प्रकरणमा राहुल तानिएका हुन्। ८ करोड ५५ लाख २८ हजार रुपैयाँबरारको सुन तस्करीमा उनले सरकारी निकायहरूलाई प्रभावमा पारेको देखिएको छ। उक्त सुन चिनियाँ नागरिकले ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोटमा लुकाएर ल्याएका थिए।

Skip This

Omoda E5 Pro