Logo

प्रचण्डलाई अगाडि राखेर जनार्दनले भने, ‘प्रचण्डपथ विघटन हुँदा ठूलो क्षति भयो’



काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) उपमहासचिव जनार्दन शर्माले प्रचण्डपथ विघटन हुँदा पार्टीलाई ठूलो क्षति भएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्च आवद्ध गैरआवासीय नेपाली एनआरएनको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले प्रचण्ड पथ विघटन हुँदा आज पार्टीको कुनै वैचारिक ठाउँ नरहेको बताए ।

‘हिजो हामीले गल्ती गरेका छौं, अध्यक्ष कमरेडकै अगाडि म यो कुरा भन्न चाहन्छु, हिजो हामीले यतिठूलो उपलब्धी गर्यौं । त्यो उपलब्धी के हो भनेर आज कुनै वैचारिक रुपले भन्ने ठाउँ छैन । प्रचण्डपथ थियो विघटन गर्दियौं र ठूलो क्षति हामीलाई भयो । त्यसले गर्दा केन्द्रीकरण पनि हरायो, प्राधीकरण पनि हरायो । जनताको भावना थियो, त्यो पनि एक ढंगले हराएकोजस्तो भएको छ,’– उनले भने ।

विचारलाई संश्लेषण गरेर अगाडि बढ्ने आफूहरुको लक्ष्य रहेको उनले बताए । माओवादीले गरेको उपलब्धी के हो भन्ने कुरा थाहा हुन आवश्यक रहेको र नत्र इतिहास मेटिने डर भएको उनले बताए । अहिले वडा–वडामा माओवादीले नेपाली समाजवादका विशेषताहरु पहिचान गरिरहेको उनको दाबी छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot