ठूला परियोजनाहरुमा लगानी गर्न एनआरएनलाई महासंघ अध्यक्ष ढकालको आग्रह


काठमाडौं,३० असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एनआरएनहरुलाई नेपालका ठूला परियोजनाहरुमा पनि लगानी गर्न आग्रह गरेका छन् ।

मंगलबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले २ दशकपछि परिणाम देखिने केही आयोजनाको सुरुवात भएको बताउँदै एनआरएनएले नेपालमा अझै ठूलो परियोजना सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए।

सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण थालेकोमा धन्यवाद व्यक्त गर्दै उनले लगानीको लागि कुनै अप्ठेरो सिर्जना भए सहजिकरण गर्ने बताए।

‘नेपालमा लगानीको प्रचुर संभावना रहेको छ,’ ढकालले भने, ‘जुनसुकै क्षेत्रमा लगानी गर्नको लागि निजी क्षेत्र सहकार्य गर्न तयार छ।’

Skip This

Omoda E5 Pro