काठमाडौं, १ कार्तिक । कोशी प्रदेशका नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले नेकपा एमालेले गैर राजनीतिक चरित्र देखाएको आरोप लगाएका छन् ।
बुधबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा आफ्नो धारणा राख्दै पूर्व मुख्यमन्त्रीसमेत रहेका राईले एमालेले आफ्ना पार्टीका ३९ सांसदलाई प्रयोग गरेर अनैतिक व्यवहार प्रदर्शन गरेको दाबी गरेका छन् ।
‘कोही मुख्यमन्त्री हुन ४७ सांसद समर्थक रहेको सरकार ढाल्न धेरै थोक गर्ने फेरि ४७ सांसद बोकेर मुख्यमन्त्री दाबी पेश गर्ने यो कहिँ मिल्छरु’ नेता राईले प्रश्न गर्दै भने, ‘३९ सांसद बोकेर ४७ सांसद ढाल्न सबै प्रयत्न गर्ने, तीन पटक अल्पमतको सरकार तीनपटक त्यो दलले बहुमत पु¥याउन सकेन। जम्मा ३९ सांसल लिएर बस्ने बहुमतको सरकार ढाल्ने, यो एमालेको अनैतिक चरित्र हो।’




प्रतिक्रिया