Logo

जनताको मन जित्नेगरी परिणाममुखी कार्यमा सरकार सफल : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, कार्तिक २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिणाममुखी कार्यमा सफल भएको बताएका छन् । उनले न्याय, सुशासन र समृद्विलाई सर्वोपरि लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानुन तथा कार्यक्रम कार्यान्वयन मार्फत संस्थागत तथा प्रक्रियागत काममा सरकार सफल भएको बताएका हुन् ।

द्वन्द्वग्रस्त मुलुक इजरायलबाट नागरिक उद्वार गर्नेमा नेपाल सफल भएको जनाउँदै उनले विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिरहेका बेला नेपालले भने जनताको मन जित्नेगरी नेपाली नागरिकको उद्वार गरेर नेपाल ल्याएको बताएका छन् ।

जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लटमा २५४ जना र दोस्रो लटमा भारत हुँदै थप १८ जना नेपालीको उद्धार गरिसकेको जनाएका छन् । सिधा हवाई सेवा भएका मुलुक पनि कूटनीतिक तवरले उद्धार गर्न ढिला भइरहेकामा नेपाल सकुशल नेपालीको उद्वारमा लागेको उनको भनाई छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएकामध्ये मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याउनका लागि प्रक्रियागत कार्य भइरहेको जनाउँदै उनले इजरायलमा वेपत्ता नेपाली विद्यार्थीको खोजीकार्यमा समेत प्राथमिकताका साथ लागि रहेको उनको भनाई छ ।

त्यस्तै, इजरायल–गाजाको सीमावर्ती क्षेत्र र उत्तरी सिमाना आसपासका सबै नेपालीलाई इजरायली सुरक्षा संयन्त्रसमेतको सहयोगमा उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गर्नसमेत सरकार सफल रहेको उनले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गतिशील बनाउदै बजारमा देखिएको मंहगी नियनत्रण, आपूर्तीमा समेत सरकार सफल भएको उनले बताएका छन् । दसैँतिहारमा सामानहरुको अत्यधिक माग र सो अनुसारको आपूर्तिमा सरकार सफल रहेको बताउँदै उनले महँगी नियन्त्रणमा समेत सरकार सफल भएको बताएका हुन् । बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ती र कालोबजारी, महंगी नियन्त्रणका लागि उपभोक्ता हितमा सरकार सचेत रहेकाले अनुगमनलाई कडाईका साथ अघि बढाईएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot