Logo

यतिखेर हामी अवसर र चूनौतिहरुको कठिन परिस्थितिबाट गुज्रिरहेका छौं : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले यतिखेर नेपाल अवसर र चूनौतिहरुको कठिन परिस्थितिबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । बडादशैं २०८० को शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले भने,‘लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरु पूरा गर्नुपर्ने ठूलो चूनौति हाम्रा सामू छ । हामीलाई पछाडि फर्किने या यत्तिकै रुमल्लिने छुट छैन् । हामीले नेपाली जनताले युगौंदेखि साँझ्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्छ ।’

उनले परम्परा र पर्वहरुको दृष्टिले नेपालीहरु वैभवशाली रहेको बताएका छन् । उनले भने–‘हामीले नेपाली विशिष्टता र मौलिकताको सम्र्वद्धन गरेर जानुपर्छ ।’ शुभकामना सन्देशमा प्रधानमन्त्री दाहालले वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन क्रियाशिल रहेको पनि विश्वास दिलाए ।

उनले अघि भनेका छन्–‘हामीले दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्न सक्यौं भने हामी हरेक अवरोधलाई छिचोल्न सक्छौं । यही तथ्यलाई आत्मसात् गर्न सके सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot