Logo

महेश बस्नेतले दुर्गा प्रसाईंलाई सामन्ती दलाली चरित्र बोकेका अराजक र अपराधीको संज्ञा दिए



काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले दुर्गा प्रसाईलाईं सामन्ती दलाली चरित्र बोकेको अराजक र अपराधीको संज्ञा दिएका छन् । हालै मेडिकल व्यवसायी प्रसाईंले नेता बस्नेतलाई गुण्डाको संज्ञा दिएका थिए । त्यसको जवाफमा नेता बस्नेतले प्रसाईंलाई सामन्ती दलाली चरित्र बोकेको अराजक र अपराधी भनेका हुन् । उनले आफूहरुकै कारण दुर्गा प्रसाईजस्ताका गलत सपना चकनाचुर भएको पनि दाबी गरेका छन् ।

नेता बस्नेतले फेशबुकमार्फत प्रसाईंलाई जवाफ फर्काएका छन् । उनले भनेका छन्,”अपारदर्शी आयआर्जन, माफियातन्त्र, तस्करी, बिदेशी तस्करहरुको श्रोत साधन एवं गरेर अनेक धन्दा चलाइरहेका यिनीहरुलाई हाम्रो भूमिकाको कारण चुनौति थपिएको छ । सोझासाझा जनतालाई धर्मको नाममा उचाल्ने, ऋण मिनाहाको प्रलोभन दिएर उस्काउने र त्यस्तै त्यस्तै असंख्य लोभलालच दिएर उनीहरुमार्फत झुटा आश्वासन छरेर समाजलाई भ्रमित पार्ने र उनीहरुलाई प्रयोग गरेर आफुलाई मन नपरेका र पन्छाउनुपर्ने मान्छेलाई धम्काउने, तर्साउने अनि ढुङ्गा हान्ने अबरोध गर्ने र निषेध गर्नेजस्ता सपना चकनाचुर भएका छन् ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot