Logo

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड मन्त्री निवासमा



काठमाडौं, ८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनको लागि प्रधानमन्त्री दाहाल छोरीहरु रेनु र गंगा दाहाललाई लिएर आज पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले मन्त्री श्रेष्ठलाई स्वास्थयलाभको कामना गरेका थिए । हालै चीनका भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठलाई माइल्ड हर्ट एट्याक भएको थियो । उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचार भएको थियो । चीनमा पाँच दिनको अस्पताल बसाईपनि उनी स्वदेश फर्किएका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot