भीरबाट लडेर घाइते भएका कलाकार प्रकाश घिमिरेलाई काठमाडौं ल्याउने तयारी


काठमाडौं,१० कार्तिक । पोखरालाई कार्यक्षेत्र बनाउँदै आएका कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा शुक्रबार बिहान लडेर घाइते भएका छन् ।

पोखरा नदीपुरमा लडेर उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शुक्रबार बिहान ९ः३० बजे नदीपुर-३ मा घाँस काट्न जाने क्रममा भीरबाट लडेर घाइते भएका उनको अहिले मणिपाल अस्पतालको आई सि युमा उपचार भैरहेको छ । उनलाई आजै थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

पोखराका मेयर धनराज आचार्यले कलाकार घिमिरेको स्वास्थ्योपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनसँग आग्रह गरेका छन्। पोखरेलीका तर्फबाट गम्भीर दुर्घटनामा परेका प्रिय कलाकारको उपचारमा महानगर साथमा रहेको उनको भनाइ छ।

घिमिरे अभिनित फिल्म ‘पशुपतिप्रसाद २:भष्मे डन’ अहिले हलमा चलिरहेको छ । उनलाई दर्शकले ‘पशुपति प्रसाद’का ‘मित बा’ भनेर समेत चिन्दै आएका छन् ।

Skip This

Omoda E5 Pro