कांग्रेसको चियापान: ओली–देउवाको संयुक्त अभिवादन


काठमाडौं, ११ कात्तिक । नेपाली कांग्रेसले बडादसैं, शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान समारोहमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् । ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन कुमार थापा लगायतका नेताहरुले भव्य स्वागत गरेका छन् ।

ओली एमाले नेताहरुको पंतिनै लिएर चियापान समारोहमा पुगेका थिए । एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, छविलाल विश्वकर्मा, उपमहासचिवद्धय प्रदीप ज्ञवाली, विष्णु रिमाल, नेता डा। राजन भट्टराई, एमाले युवा नेतृ तथा काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल चियापानमा सहभागी भएका छन् ।

चियापान समारोहमा सहभागीहरुलाई सभापति देउवा र ओली दुवैले हात हल्लाएर अभिवादन गरेका छन् ।

WordPress › Error

Error establishing a Redis connection

To disable Redis, delete the object-cache.php file in the /wp-content/ directory.