Logo

एमालेले दुर्गा प्रसाईँलाई पक्राउ गर्न सरकार गुहारेको छैनः महेश बर्तौला



काठमाडौं, १३ कात्तिक । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्न नभनेको दाबी गरेका छन् । रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै सचेतक बर्तौलाले प्रसाईँको अराजकताको सीमा नभएपनि एमालेले सरकारलाई कुनै अमुक व्यक्तिलाई पक्राउ गर्न नभनेको दाबी गरे । उनले सामाजिक सद्भाव भड्काउने, गलत तथ्य, सूचनाहरु, कपोल्कल्पित र भ्रामक विषय वस्तु सरकार आफैंले नियन्त्रण गर्नपर्ने बताए ।

‘उहाँ (दुर्गा प्रसाईँ) को अराजकताको त सीमानै छैन । हामी प्रमुख प्रतिपक्षीले भन्दा पनि सामाजिक सद्भाव भड्काउने, गलत तथ्य, सूचनाहरु, कपोल्कल्पित र भ्रामक विषय वस्तु त सरकार आफैंले नियन्त्रण गर्नुपर्छ । यो सरकारको दायित्वभित्रको कुरा हो । हामीले यसबारे कुनै छलफल गरेको होईन,’– बर्तौलाले भने ।

दुर्गा प्रसाईँजस्ता अराजक तत्वहरुले समाजलाई गलत ढंगतर्फ लान खोजेको उनको दाबी छ । अहिले हुँदै नभएको कुराहरु हो जस्तो पारेर अनेकौं ढंगले भ्रम फैलाउने काम भएको उनले बताए । कपोल्कल्पित, मिथ्या, भ्रामक प्रचार हुँदा पनि सरकार मुकदर्शक बनेको उनको टिप्पणी छ । दुर्गा प्रसाईँजस्ता पात्रका बारेमा एमालले टिप्पणी गर्नु जरुरी नरहेको उनले टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot