Logo

प्रधानाध्यापक हत्या प्रकरण: प्रहरीले लियो एक जनालाई नियन्त्रणमा



काठमाडौं,१३ कार्तिक । बाराको कलैयामा गोली हानेर रूपेश स्वर्णकारको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपितलाई प्रहरीले सार्वजनिक भने गरेको छैन ।

बारा कलैया उपमहानगरपालिका–६ का रूपेशमाथि सोमबार दिउँसो १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो । तीनवटा गोली लागेर घाइते भएका उनलाई बयोधा अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार उनीमाथि पाँचवटा गोली प्रहार भएको थियो । रूपेश कलैयाकै बाल एकता बोर्डिङ स्कुलका प्रेन्सिपलसमेत हुन् ।

उनीमाथि दुईवटा मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । थप प्रमाण जुटाएर उनीमाथि गोली प्रहार गर्नेलाई छिट्टै सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्