मधेश प्रदेशमा सञ्जिलालाई सांसद बनाउने जसपाको निर्णय


काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाकी सञ्जिला कुमारी यादवलाई मधेस प्रदेश सभामा समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई मधेस प्रदेश सभामा सांसद बनाउन आयोगसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

जसपाको तर्फबाट मधेश प्रदेश सभामा सांसद रहेकी विन्दुकुमारी यादवको गत भदौ २६ गते ४१ वर्षको उमेरमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएपछि उनको स्थानमा जसपाले यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

Skip This

Omoda E5 Pro