Logo

नेपालकै ठूलो खाद्य भण्डार र विद्युतीय चार्जिङ स्टेशन निर्माण गर्दै चन्द्रपुर नगरपालिका



काठमाडौं, कार्तिक १५ । रौतहटको चन्द्रपुर नगरपालिकाले नेपालकै ठूलो खाद्य भण्डार र विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन धमाधम निर्माण गरिरहेको छ । देशकै चासो र गौरवका योजना भएकाले दुवै काम अन्तिम चरणमा पुग्न लागेको चन्द्रपुरका मेयर संजयकुमार काफ्लेले जानकारी दिए।

उनका अनुसार खाद्य भण्डार बैशाखदेखि र चार्जिङ स्टेशन एक महिनापछि सञ्चालनमा आउने छ । दुवै कामका लागि दुई र दुई करोडभन्दा बढी लागानी भएको उनको भनाई छ ।

कृषकहरुले उत्पादन गरेको अन्नवाली उत्पादनकै समयमा बेच्दा सस्तोमा बेच्नु परेकोले खाद्य भण्डारमा भण्डारण गरेर बेमौसममा बेच्दा धेरै मुल्य पाउने भएकाले खाद्य भण्डार स्थापना गर्न लागिएको मेयर काफ्लेले बताए।

खाद्य भण्डारमा एकै पटकमा ५ हजार मेट्रिक टनसम्म खाद्य पदार्थ भण्डारण गर्न सकिने पनि उनले जानकारी दिए। खाद्य भण्डार सञ्चालनमा आएपछि किसानहरुलाई धेरै फाईदा हुने उनको दावी छ ।

नेपाली रेडियो नेटवर्कको पालिका वहसमा पत्रकार ऋषि धमलासँग मेयर काफ्लेले मरघर सिमसार क्षेत्रको जग्गा व्यक्तिको नाममा रहेको पत्ता लागेको जानकारी दिए।

भूमाफियाहरुले सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएको पाईएकाले जग्गा फिर्ताका लागि कानुनी प्रक्रिया सुरु गरिएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot