राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौं, कार्तिक १६ । राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बैठक बस्दैछ ।

संघीय संसद्‌ सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बिहीबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्‌ सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइने छ ।

साथै विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘विद्युतीय व्यापार विधेयक २०८०’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।