Logo

संविधान असफल गर्ने छुट कसैलाई छैन् : रमेश लेखक



काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानपनि असफल हुने अवस्था आयो भने मुलुक असफल हुने बताएका छ्न । उनले अहिलेको संविधान असफल गर्ने छुट कसैलाई नभएको बताए । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद लेखकले वर्तमान संविधान असफल भयो भने मुलुक अनिष्टकारी र विषम परिस्थितिमा पुग्नसक्ने खतरा औंल्याए । लेखकले भने,‘यो संविधान धेरै ठूला क्रान्ति र बलिदानहरूको ७० वर्ष लामो ठूलो राजनीतिक यात्राबाट प्राप्त भएको संविधान हो । यतिका संविधान असफल भइसकेको अवस्थामा यो संविधान पनि असफल हुने स्थिति आयो भने मुलुकलाई राम्रो गर्दैन । त्यसैले यो संविधानलाई सफल गर्नुछ । यसलाई सफल बनाउनको लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर संवाद, सहमति र सहकार्यको संस्कृतिको विकास गर्नुपर्छ ।’

उनले अहिलेको संविधान र व्यवस्थाको रक्षार्थ सबै दलहरु एक ठाउँमा उभिनुपर्ने आवश्यकत्ता औंल्याए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot