Logo

सभामुख घिमिरेले भने- संसद प्रभावकारी बनाउने दायित्व सरकार र राजनीतिक दलको हो



काठमाडौं,१६ कार्तिक । सभामुख देवराज घिमिरेले संसद प्रभावकारी बनाउने दायित्व सरकार, संसदको नेतृत्व, राजनीतिक दल र सांसदहरुको रहेको बताएका छन् ।

संसदको दोस्रो अधिवेशनको अन्तिम दिन उनले भने, ‘हामीले चालू अधिवेशनबाट प्राप्त गरेका अनुभव र अभ्यासबाट शिक्षा लिँदै आगामी दिनका संसदीय गतिविधिहरू प्रभावकारी बनाउनैपर्छ । संसद प्रभावकारी बनाउने दायित्व सरकार, संसदको नेतृत्व, राजनीतिक दल र माननीय सदस्यहरूको हो ।’

चालु अधिवेशनमा संसदीय कामकारबाहीले गति लिएको उनले बताए । ‘समितिहरूले सक्रियतापूर्वक काम सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको प्रश्नोत्तरलाई विधि तय गरेर नियमित गर्ने अभ्यास सुरु गरिएको छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot