काठमाडौं, कार्तिक १९ । जाजरकोटमा फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर आज बिहान दुईपटक भूकम्प गएको हो ।
आज बिहान १ः२२ बजे ४ म्याग्नेच्युड र बिहान ४ः५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । शुक्रबार राति ११ः४७ बजे रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएयता सोही स्थानलाई केन्द्रविन्दु बनाई आधा दर्जन बढी पराकम्पनहरू गइरहेका छन् ।
शुक्रबारको भूकम्पले जाजरकोट र रुकुप पश्चिममा जनधनको क्षति पुर्याएको छ । अहिलेसम्म भूकम्पबाट जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया