काठमाडौं, १९ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष कुमार पन्त नेतृत्वको जर्मनीको ट्रिप ईन् होटल समूहले जाजरकोटा र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुको लागि २० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । पन्तले सामाजिक सञ्जालमार्फत यस्तो सहयोगको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्-
जाजरकोट केन्द्रबिन्दु बनाएर गयराति गएको ६.४ रेक्टर स्केलको भूकम्पले पश्चिम नेपालमा ठुलो मानवीय तथा भौतिक क्षति भएको खबरले हामि अत्यन्त दुःखी छौ।यस दुखद घडीमा ज्यान गुमाउनुहुने हरुप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतकालागि ट्रिप ईन्न होटेल समूह (जर्मनी) का तर्फबाट २० लाख रुपैयाको आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।
ट्रिप ईन्न होटल समूह (जर्मनी)




प्रतिक्रिया