काठमाडौं, २२ कात्तिक । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाल सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पत्र लेखी धरानमा एयरपोर्ट बनाउन पहल गरिदिन आग्रह गरेका छन् ।
मेयर साम्पाङले धरान–१७ मा एयरपोर्ट बनाउन यती इन्करपोरेटेड प्रालिबाट जग्गा खरिद भएको भएपनि हालसम्म एयरपोर्ट निर्माण नभएको भन्दै पत्र लेखेका हुन् ।
पत्रमा मेयर साम्पाङले एयरपोर्ट नबनेपछि एयरपोर्टका लागि भनेर जग्गा विक्री गरेका धनीहरुले जग्गा फिर्ता गराउन पटक–पटक निवेदन दिइरहेको समेत उल्लेख गरेका छन् ।
एयरपोर्ट निर्माणका लागि यती इन्करपोरेटेडले २० वर्ष अघिनै जग्गा खरिद गरेको भएपनि अहिलेसम्म उक्त कार्य अगाडि नबढेको मेयर साम्पाङको भनाई छ ।




प्रतिक्रिया