काठमाडौं, २३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अहिलेको व्यवस्थामाथि कुनै खतरा नरहेको दाबी गरेका छन् । उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि कुनै खतरा नरहेको दाबी गरेका हुन् ।
पार्टीको अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘इतिहास भइसकेको शाह वंशीय राजतन्त्र कुनै हालतमा फर्कँदैन् । निरंकुशताको आडमा व्यक्तिगत फाइदा लिएका केही व्यक्ति र शक्तिले विगतमा पनि गणतन्त्रप्रति विमति राखेको र अहिले राजतन्त्रको वकालत गरिरहेका छन् ।’
उनले राजतन्त्रमा जनताले राज्यबाट लाभ नपाएकाले आमजनता गणतन्त्रको पक्ष उत्रिएको दाबी गरे । यसअघि व्यवस्थामाथि खतरा भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको अग्रसरतामा सिंहदरबारमा १२ बुँदे पक्षधरहरुको बैठक बसेको थियो ।
file photo




प्रतिक्रिया