सेनाका पूर्व उपरथी लावती जुवा खालबाट पक्राउ


काठमाडौं, २९ कात्तिक । नेपाली सेनाका पूर्व उपरथी होम लावती जुवा खालबाट पक्राउ परेका छन् । पूर्व उपरथी लावतीसहित ८ जनालाई प्रहरीले ललितपुरको हात्तिवनबाट पक्राउ गरेको हो ।

जुवा खालबाट १६ लाख ८२ हजार पाँच सय रुपैयाँसमेत बरामद भएको प्रहरीले बताएको छ ।