काठमाडौं, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अहिलेको व्यवस्थाको कारण मुलुकको अस्तित्व संकटमा परेको दाबी गरेका छन् । उनले अब गणतन्त्र नै जाने पनि सनसनीपूर्ण दाबी गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कसैले पनि पक्राउ गर्न नसक्ने ठोकुवा गरे । ज्ञानेन्द्र शाहलाई पक्राउ गर्नुपुर्व आफूलाई पक्रिएर हेर्न उनले गणतन्त्रवादीहरुलाई सार्वजनिक रूपमा चूनौति दिएका छन् ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । व्यवस्था पक्षधरहरुले आवश्यक पर्यो भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जेल हाल्ने अरे नि ? भनेर पत्रकार धमलाले राखेको प्रश्नमा उनले भने–‘हाले जेलमा ? हालि हाले नि ? पहिला मलाई हालेर देखाउन न हो ? राजाको त कुरै छोड्दिनुहोस । राजा भनेको त राजा नै हो । राजा भनेको सिस्टममा छन् । यिनीहरुले यो देशमा बनाएको संविधान सबैभन्दा बढि कसैले मानेको छ भने त्यही राजाले मानेको छ । यिनीहरुले संविधान मानेको छ ?”
कुराकानीको क्रममा पत्रकार धमलाले गणतन्त्र जाने आधार दिनुहोस भनेर सोध्दा उनले गणतन्त्र कुनैपनि हालतमा नथामिने जिकिर गरे । उनले भने,‘होइन, यो गणतन्त्र त थामिदै थामिदैन् । मलाई यो प्रचण्डले भनेको कुरा हो । उहाँले जुन चिज मैले ल्याएर रोपेको हो, फल्यो अर्को भन्नुभयो ।”
उनले अहिलेका नेताहरुले आफ्नो सम्पत्तिको सुरक्षा र जेल नजाने वातावरणको सुनिश्चित्ता मात्रै खोजेको पनि दाबी गरे । नेताहरुको सम्पत्ति र जेल नजाने ग्यारेण्टी गर्नेबित्तिकै अहिलेका नेताहरु सत्ता छोड्न राजी रहेको उनको दाबी छ ।




प्रतिक्रिया