Logo

नायिका श्वेता खड्कालाई पितृशोक



काठमाडौं,६ मंसिर । नायिका श्वेता खड्कालाई पितृशोक परेको छ ।

खड्काका बुवा ओतबहादुर खड्काको मंगलबार साँझ वनस्थलीस्थित आफ्नै निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । ओतबहादुर १०१ वर्षका थिए ।

पूर्व सैनिक समेत रहेका ओतबहादुरको मंगलबारनै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot