काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले व्यवस्थाको रक्षाका लागि प्रमुख दलहरु मिल्नुको विकल्प नरहेको बताएका छन् ।
आज (शनिबार) हेटौंडामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि प्रमुख दलहरु मिल्नुपर्ने बताएका हुन् ।
नेता ढकालले गत मंसिर ७ गते राजावादी दलहरुले दुर्गा प्रसाईँलाई प्रयोग गरेर नाटक मञ्चन गरेको टिप्पणी गरे । उनले राजतन्त्रको भूतप्रेत बोकेर हिँडेका व्यक्तिहरुले एमालेलाई निसाना बनाइरहेको समेत दाबी गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यवस्थाको रक्षाका लागि गम्भीर हुनुपर्ने दिन आएको उनको भनाई छ । उनले प्रधानमन्त्री प्रचण्ड व्यवस्थाप्रति भइरहेको आक्रमणबाट साँच्चै चिन्तितनै हो भने पहिले सहकार्य गरेको दलहरुसँग मिलेर अगाडि बढ्न आवस्यक रहेको बताए ।




प्रतिक्रिया