काठमाडौं, ८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रविन्द्र मिश्रले राजालाई खालमै खेल्न उतार्ने चेतावनी दिएका छन् । आज (शनिबार) गुल्मीमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दिएको अभिव्यक्तिमा खण्डन गर्दै उनले राजालाई खालमै खेल्न उतार्ने बताएका हुन् ।
गगनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई च्याँखे दाउ नहान्न र हिम्मत भए खालमै खेल्न आउन भनेका थिए । महामन्त्री थापाको अभिव्यक्तिलाई खण्डन गर्दै उनले भनेका छन्, ‘च्याँखे दाउू हानिरहेका राजा, अनि नलीखुट्टा फुकेर राजतन्त्र फर्काउन हिँडेका मुर्खहरू !
राजा सिधै खालमैँ खेल्न नआउँदा त यस्तो छ। देशैभरी यस्तै छ। जनताले साँच्चिकै नलिखुट्टा बजाउँदै राजालाई खालमैँ खेल्न उतारेको दिन के होला ?’
आज झापामा पूर्वराजा ज्ञानेन्द्र सहभागी भएको कार्यक्रमको फोटोहरु सार्वजनिक गर्दै उनले भनेका छन्, ‘बलेको आगो सबै ताप्छन्। तर आज झापामा प्रचण्डपथगामीहरूले निभायौँ भनेर छोडिदिएको आगो जगाउन विना स्वार्थ उत्रिएको जनसागरको केही दृष्य हुन् यी। एउटा कुरा प्रष्ट हौँस् यो व्यवस्थाले तय गरेको बाटो नै गलत छ। गलत बाटोमा कोही राम्रो मान्छे हिँडेको रहेछ भने पनि ऊ सही गन्तव्यमा पुग्न सक्दैन। यति बुझेनौँ भने हामी कसैको भविष्य सुखद हुने छैन।’




प्रतिक्रिया