Logo

डोल्पाको रसी गाउँमा घरैपिच्छे भाइरल ज्वरो र मौसमी रुघाखोकी



डोल्पा, मंसिर १६ । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ मा पर्ने रसी गाउँनै भाइरल बिरामीले थला परेको छ । एक महिनादेखि गाउँका प्रत्येक घरजस्तो रुघाखोकी, ज्वरो र घाँटी दुख्ने लक्षण भएका बिरामीहरु देखिएका छन् ।

गाउँमा रहेका झण्डै एकसय चालीस घरधुरीमध्ये अधिकांस घरमा रुघाखोकी, ज्वरो र घाँटी दुख्नेका बिरामी रहेको स्थानीय बुधबहादुर बुढाले जानकारी दिए ।

“करिब एक महिना भयो, घरै पिच्छे बिरामी छन्, रुघाखोकी, ज्वरो, टाउको दुख्ने र घाँटी दुख्ने समस्या देखिएको छ” उनले भने। भाइरल ज्वरोले सिंगो गाउँनै थलापरेपनि अहिलेसम्म पनि स्वास्थ्यकर्मीको टोली उपचारकालागि नपुगेको उनको भनाई छ ।

यता त्रिपुरासुन्दरी नगरपालिकाको टोली आज स्वास्थ्यकर्मीसहित गाउँ जान लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर श्रेष्ठले जानकारी दिए ।

रसी गाउँमा केही हप्तादेखि भाइरलका बिरामी बढेको भन्ने जानकारी प्राप्त भएकाले औषधीसहितको स्वास्थ्यकर्मीको टोली जान लागेको श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot