Logo

आफ्नो ‘फेस सेभ’ का लागि जसले जे भनेपनि अर्थतन्त्र संकटमा छः मन्त्री ज्वाला



काठमाडौं, १६ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीहरुको गत आर्थिक वर्षको बक्यौता जुनसुकै विकल्प खोजेर भएपनि भुक्तानी गरिने बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित आर्थिक पत्रकार संघ (नाफिज) को १४औं बार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री ज्वालाले अर्थतन्त्र चलायमान बनाउनका लागि जुनसुकै विकल्प खोजेर भएपनि निर्माण व्यवसायीहरुको बक्यौता भुक्तानीका लागि पहल भइरहेको बताएका हुन् ।

उनले देशको अर्थतन्त्र अहिले पनि संकटमै रहेको बताए । आफ्नो फेस सेभका लागि जसले जे भनेपनि अर्थतन्त्र संकटमै रहेको र बाहिरी हल्ला भएको जस्तो भयावह अवस्था भने नरहेको बताए ।

‘अर्थतन्त्र सङ्कटमा छ, यसमा धेरै बहस गर्नै परेन । कसले के गीत गाउँछ, त्यो छुट्टै कुरा हो । कसले आफ्नो फेस सेभ गर्नका निम्ति के भन्छ त्यो अलग कुरा हो । तर जसरी भयावह छ की, एकदम आकाश नै खस्न थाल्यो, धर्ती नै डुब्न थाल्यो । घाँटी–घाँटी नै अप्ठ्याउन थाल्यो की भन्ने अवस्था अलि होइन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot