Logo

क्यान्सर पीडित संस्थाहरुलाई पुनर्संरचना गर्ने सही समय आयो : मन्त्री किराँती



काठमाडौं, १६ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले कर्मचारीको काम नगर्ने र एकआपसमा दोषारोपण मात्रै गर्ने प्रवृत्ति देखिएको भन्दै अब परीणाम नदिने क्यान्सर पीडित संस्थाहरुलाई पूनसंरचना गर्ने सही समय आएको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो लेखेका हुन् ।

उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले नै लिनुपर्ने र वार्षिक २० अर्बभन्दा बढि दिन्छ भने व्यवस्थापन करार गर्नुपर्ने धारणा राखेका छन् । उनले यसबारेमा लेखेका छन्-

कर्मचारीको काम नगर्ने र एक-आपसमा दोषारोपण मात्र गर्ने प्रबृती र परिणाम नदिने क्यान्सर पिडित संस्थाहरुलाई पुनर्संरचना गर्ने सहि समय आएको अनुभूति भएको छ । नेपाल बायुसेवा निगमलाई राष्ट्रिय वाणिज्य बैंक लगायतका संस्थाहरुलाई जस्तै र बार्षिक १२ अर्ब कमाउने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई पनि सुरक्षाको सम्पूर्ण जिम्मेवरी नेपाल सरकारले नै लिने गरि बार्षिक २० अर्ब भन्दा बढी दिन्छ भने management contract (व्यवस्थापन करार ) गरि सिगापुर लागायत विश्वका चर्चित एयरपोर्टहरु जस्तै संचालन गर्दा कसो होला ? (भैरवहा र पोखरालाई समेत) लोकतन्त्रमा जनता प्रधान हुन्छ त्यसैले जनमत जाहेर गरौं ।



प्रतिक्रिया दिनुहोस्

Screenshot