Logo

सर्लाहीको बागमतीमा बसको ठक्करबाट एक युवकको मृत्यु



काठमाडौं,१७ मंसिर । सर्लाहीको बागमतीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको हो । घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन ।

तीव्र गतिमा रहेको प्र२ ०३ ००६ प ६७ मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल आपसमा जुध्दा प्र२ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलमा सवार युवक सडकमा खसेका थिए।

त्यहीबेला मलंगवाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना७ ख १८३६ नम्बरको बसले किच्दा युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot