भरूवा बन्दुक पड्किँदा दोलखामा एक युवकको मृत्यु


काठमाडौं,१७ मंसिर । दोलखामा भरूवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेस्थित जंगलमा २२ वर्षीय सञ्जिव सार्कीको शनिबार मृत्यु भएको हो ।

भरूवा बन्दुक लिएर सार्कीसहित सात जना गए राति घरनजिकै जंगलमा सिकार खेल्न गएका थिए। सार्कीले भरूवा बन्दुक पड्काउँदा आफैंलाई लागेको प्रहरीको भनाइ छ ।

प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। उनीहरूको नाम प्रहरीले खुलाएको छैन।

घटनास्थलमा प्रहरी पुगेर मुचुल्का गरी शव पोस्टमर्टमका लागि पशुपति चौलागाईं अस्पतालमा पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This

Omoda E5 Pro