झापाको बाह्रदशीमा विशाल महायज्ञ हुँदै, सभामुख घिमिरेले उद्घाटन गर्ने


काठमाडौं । झापा जिल्ला कै पुरानो, ऐतिहासिक र पौराणिक महत्व बोकेको ठाउँ बाह्रदशीमा मंसिर १८ गते सोमवारदेखि २६ गतेसम्म‘श्रीमदभागवत धनधान्याचल राष्ट्रशान्ति पुर्वान्चल धार्मिक महामहोत्सव’ हुने भएको छ ।

उक्त महोत्सवको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । झापाको बाह्रदशी गाउँपालिका ६ कन्चनगढधाम साधुकुटीमा सुप्रसिद्ध कथावाचक श्री ईश्वर कृष्ण महाराजको मुखारविन्दबाट वाचन हुने अनुष्ठानका सरिक हुन झापा पुग्नेको संख्या बढ्न थालेको छ ।

बाह्रदशी श्रीमद्भागवतको आठौं स्कन्धमा समेत समाबिष्ट ठाउँ भएकाले यसको विशिष्ठ महत्व छ। सामरिक महत्वका दृष्टिलेसमेत महत्व भएका कारण हुनसक्छ कुनै समय यहाँ प्रशासनिक कार्यालयहरु समेत थिए । भूगोलका हिसाबले पनि अत्यन्त उपयुक्त थलो भएकाले बाह्रदशीमा आठ दशकअघि नै बसोबास थियो । पौराणिक तथ्यले समेत स्थापित सो क्षेत्रको महत्व देशदेशावर फैलाउन अनुष्ठान कोशेढुङ्गा सावित हुने धार्मिक क्षेत्रका अगुवाले ठहर गरेक छन् । संस्कृती पर्यटना तथा नागरिक उड्डयणमन्त्री सुदन किराँतीले समेत महायज्ञ सफलताको शुभकामना दिदै सन्देश पठाएको महायज्ञको सुचना प्रविधिको जिम्मेवारी सम्हालेका सुशील अधिकारीले बताए।

महायज्ञ मूल समारोह समितीका संयोजक ज्ञानु सुवेदीका अनुसार गुरुकुल बचाउन आयोजित महायज्ञको तयारी पूरा भएको छ। महायज्ञ सँगै तीन दिन धार्मिक मेलासमेत संचालन गरिने सुवेदीको भनाई छ।

गौरीशङ्कर शिवालय गायत्रीस्वरूपाश्रम एवं गुरुकुल संचालन गर्दै आएका तथा राष्ट्रशान्ति पूर्वाञ्चल धार्मिक महा-महोत्सव सम्पादन समितिका संयोजक सुबेदीका अनुसार अहिले गुरूकुल लोप हुने अबस्थामा छ । उनका अनुसार गुरुकूल शिक्षामा धर्म, संस्कार र संस्कृति सिकाइन्छ। प्राचीनकालदेखिको प्रभावशाली शैक्षिक प्रणालीका रूपमा गुरुकूल शिक्षालाई लिने गरिन्छ। गुरुको आश्रममा गएर शिक्षा लिइने पद्धतिलाई गुरुकूल शिक्षाका रूपमा बुझिन्छ।

Skip This

Omoda E5 Pro