यू-१९ एसिया कप खेल्न नेपाली टोली यूएई प्रस्थान


काठमाडौं,२० मंसिर । एसीसी यू–१९ एसिया कप खेल्न नेपाली युवा टोली संयुक्त अरब इमिरेन्ट्स (यूएई) प्रस्थान गरेको छ।

अघिल्लो महिना भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएको थियो। एसिया कपपछि नेपालले यू–१९ विश्वकप खेल्नेछ।

प्रिमियर कप जित्ने टोलीबाट ३ खेलाडी समेट्दै मुख्य प्रशिक्षक जगत टमाटाले १४ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेका छन्।

एसिया कपमा नेपाल रहेको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र युएईछन्।

नेपालले समूह चरणको पहिलो खेलमा २२ गते अफगानस्तानसँग खेल्दै एसिया कपको सुरुआत गर्नेछ। दोस्रो खेलमा २४ गते पाकिस्तानसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा २६ गते भारतसँग खेल्नेछ।

शीर्ष २ मा रहन सके नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ। एसिया कपमा नेपालले अहिलेसम्म सेमिफाइनल चरण पार गर्न सकेको छैन।

एसिया कप खेल्ने नेपाली टोली

देव खनाल (कप्तान),अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।

Skip This

Omoda E5 Pro