१४ किलो सुन बरामदबारे जानकारी दिन पत्रकार सम्मेलन (तस्विरहरु)


काठमाडौं,२२ मंसिर । गएराती काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुनबारे जानकारी दिन भन्सार कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेको छ।

फ्लाई दुबईको जहाजबाट बिहीबार मध्यराति काठमाडौँ आइपुगेका गोरखाका चन्द्र घलेको साथबाट १४ किलो सुन भन्सार र प्रहरी टोली मिलेर बरामद गरेका थिए।

फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११ः४० बजे काठमाडौँ उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेको हो । विमानस्थल भन्सार प्रमुख डा। टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो ।

तस्विरहरु मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल डटकम

Skip This

Omoda E5 Pro