यस वर्षको पहिचान पुरस्कार ‘थाङ्ग्रा’ र ‘जङ्क्सन पिपलबोट’लाई


काठमाडौं,२६ मंसिर । ४ लाख २ हजार २ रुपैयाँ राशीको २०७९ सालको ‘पहिचान पुरस्कार’ प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँसडकको कथा)’लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ।

मंगलबार बसेको पहिचान कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठपुस्तक मध्येबाट दुई कृतिलाई संयुक्त रुपमा पुरस्कार दिने घोषणा गरेको हो।

थाङ्ग्रामा जातीय छुवाछुत,महिलाका लागि वंश अधिकार र पहिचानको आवाज उठाएकी छन्। राईले यसअघि लेखककी स्वास्नी नामक उपन्यास सार्वजनिक गरेकी थिईन् । उ उपन्यास निक्कै लोकप्रिय भएको थियो ।

उन्मुक्त पुस्ता आन्दोलनका अभियान्तमध्ये एक हुन् प्रकाश गुरागाईं। उनले पहिचानसम्बन्धी लेखन र पत्रकारितालाई एकसाथ अघि बढाइरहेका छन् ।

Skip This

Omoda E5 Pro