Logo

एकीकृत समाजवादीको जिल्ला अधिवेशन स्थगित



काठमाडौं, ३ पुस । नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यसअघि तोकिएको जिल्ला अधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

आगामी माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकपछि मात्रै अर्को मिति तोक्ने गरी सबै अधिवेशनहरू स्थगित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot