Logo

पीएम कप क्रिकेट: मधेशले दियो गण्डकीलाई ११३ रनको चुनौतिपूर्ण लक्ष्य



काठमाडौं,९ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटअन्तर्गत मधेश प्रदेशले गण्डकी प्रदेशलाई ११३ रनको लक्ष्प प्रस्तुत गरेको छ ।

माथिल्लो मूलपानी मैदानमा टस हारेर सुरुवातमा ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११२ रन जोड्यो । मधेशका लागि पूजा महतोले ३८ तथा सरस्वतीकुमारीले २६ रन बनाइन । त्यस्तै प्रतिमा साहले १० रन थप्दा अनुराधा चौधरीले ९ रन थपिन् । मधेशले अतिरिक्तरुपमा २२ रन पायो ।

बलिङतर्फ गण्डकीकी सुमन खतिवडाले तीन विकेट लिईन् । समूहचरणको चौथो खेल खेलिरहेको मधेश जितविहन रहेको छ भने गण्डकीले एक खेलमा जित र २ खेलमा पराजय भोगेको छ ।



प्रतिक्रिया दिनुहोस्