Logo

पीएम कप क्रिकेट: शीर्ष स्थानको एपीएफलाई दोस्रो स्थानको कोशीले दियो ८५ रनको विजयी लक्ष्य



काठमाडौं,९ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटमा कोशी प्रदेशले विभागीय टिम एपीएफलाई ८५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

माथिल्लो मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ८४ रन जोडेको हो । कोशीका लागि ओपनर रुवना क्षेत्रीले सर्वाधिक ४१ रन बनाइन् । ५८ बलको सामना गरेकी उनले ६ चौका हिर्काइन् ।

त्यस्तै ओपनर काजल श्रेष्ठ २५ रनमा नटआउट रहँदा अप्सरी बेगमले १३ रन थपिन् । सवनमा राई एक रनमा अविजित रहिन् । बलिङतर्फ एपीएफकी सोनु खड्का र करुणा भण्डारीले समान १ विकेट लिइन् ।

कोशी र एपीएफ हालसम्म अविजित रहेका छन् । समूह चरणका तीनै खेलमा जित निकालेको कोशी दोस्रो स्थानमा र एपीएफ पहिलो स्थानमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्