Logo

पीएम कप क्रिकेट: कोशीको प्लेअफ स्थान पक्का,सुदूरपश्चिम ८ विकेटले पराजित, रुविना र काजलको विष्फोटक अर्धशतक



काठमाडौं,१२ पुस । कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्ले अफमा स्थान पक्का गरेको छ ।

प्रतियोगितामा लगातार पाँचौ खेल जित्ने क्रममा साविक विजेता सुदूरपश्चिम प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले हराउँदै कोशीले शीर्ष ४ मा रहँदै प्लेअफ खेल्ने पक्का गरेको हो ।

सुदूरपश्चिम ले दिएको ११९ रनको लक्ष्य कोशीले २ विकेट गुमाउँदै १७ दशमलव ३ ओभरमा लक्ष्प पूरा गर्यो । कोशीका लागि ओपनरद्धय काजल श्रेष्ठ र रुविना क्षेत्रीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । रुविना ५५ बलमा ८ चौका र १ छक्कासहित ५१ रनमा अविजित रहँदा काजलले ४८ बलमा ८ चौकासहित ५४ रन जोडिन् ।

बलिङतर्फ सुदूरकी अनु कडायतले २ विकेट लिइन् । यो जितसँगै एपीएफ र कोशीले प्लेअफमा स्थान बनाउँदा पराजित सुदूरले पनि स्थान बनाउने लगभव निश्चिज जस्तैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot