निषेधित क्षेत्र माईतीघर प्रदर्शनमा गएका गोविन्द केसीहरु यसरी पक्राउ परे (फोटोफिचर)


काठमाडौं, २१ पुष । डा. गोविन्द केसीसहित माईतीघर निषेधित क्षेत्रमा प्रदर्शन गर्ने ९ जना प्रदर्शनकारीहरु पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई निषेधित क्षेत्रमा प्रदर्शन नगर्नको लागि माईकिङ गरेको थियो ।

तर, उनीहरुले प्रहरीको आग्रहलाई बेवास्ता गर्दै प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरिएको गोविन्द केसीसहित प्रेम चलाउने, पुकार बमलगायतलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम