कांग्रेस महामन्त्री शर्माले गरे पृथ्वीनारायण शाहको प्रसंशा


काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल देश पृथ्वीनारायण शाहको नेतृत्वमा पू्र्खाहरुले पुर्‍याएको बौद्धिकता र बहादुरीको परिणाम भएको बताएका छन् । आज (शुक्रबार) पृथ्वीको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहकै कारण देश नेपाल भएको र नेपाली भन्ने पाइएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भनेका छन्ः

‘मेरो देश नेपाल’ भन्न पाइएको छ । स्वदेश, विदेशमा ‘हामी नेपाली हौं’ भन्ने पहिचान र गौरव पाइएको छ । पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रा पू्र्खाहरुले पुर्‍याएको बौद्धिकता र बहादुरीको परिणाम हो यो !
आज पुस २७ गते उनै बडामहाराज पृथ्वीको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा समस्त नेपालीमा हार्दिक मंगलमय शुभकामना ।