काठमाडौं,५ माघ । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सरूवामा काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाएको छ। यसअघि काठमाडौंमा वसन्त अधिकारी थिए।
अधिकारी मधेसी आयोगको सचिव बनेका छन्। उनको ठाउँमा राष्ट्रिय योजना आयोगका सहसचिव परियार गएका हुन्।








प्रतिक्रिया