Logo

काठमाडौंमा नेपाल सान्दोङ सांस्कृतिक सप्ताह तथा फोटोग्राफी प्रदर्शनी सुरु



काठमाडौं, १२ माघ । नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको साङदोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एसोसिएसनको आयोजनामा सुरु भएको प्रदर्शनी एक सातासम्म चल्ने बताइएको छ ।

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित फोटो प्रदर्शनीको उद्घाटन नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले गरे । कार्यकारी प्रमुख रेग्मीले नेपाल र चीनबीच लामो धार्मिक तथा सांस्कृति सम्बन्ध रहेको बताए । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot