काठमाडौं,१४ माघ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मित्रराष्ट्र चीनसँग आफ्नो पार्टी कांग्रेस सहकार्य गर्न सदैव तयार रहेको बताएका छन् ।
आज (आइतबार) चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसँगको अन्तर्क्रिया कार्यक्रममा उनले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन्।
‘नेपाल र चीन नजिकका मित्र हुन्। नेपालमा चीनले विकास, पुनःनिर्माण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ। चीनसँग हामी विकासको सहकार्य गर्न इच्छुक रहेका छौं,’ कोइरालाले भने।
यस्तै, नेपालले चीनको बीआरआई परियोजनाबाट समेत लाभ लिन सक्नुपर्ने बताउँदै कोइरालाले भने, ‘चीनले नेपालको विकास क्षेत्रमा सहयोग गर्नुपर्छ । नेपाल चीनको एक देश नीतिमा अडिग रहन्छ ।’




प्रतिक्रिया