उपप्रधानमन्त्री खड्कासँग प्रमुख निर्वाचन आयुक्त थपलियाको भेट, उपनिर्वाचनबारे छलफल


काठमाडौं, २१ माघ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् । भेटवार्ताको क्रममा रिक्त रहेका क्षेत्रमा उपनिर्वाचन गर्ने सम्बन्धमा छलफल भएको जनाईएको छ ।

सिंहदरबारस्थित् रक्षामन्त्रालयमा भएको भेटवार्तामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र रक्त स्थानिय तहको उपनिर्वाचनका लागि प्रमुख निर्वाचन आयुक्त थपलियाले मन्त्री खड्कासँग राय लिएका हुन् ।