Logo

द्धन्द्धकालमा पूर्वी रुकुममा लुटिएका सम्पत्ति फिर्ता गराउन मुख्यमन्त्रीसँग कांग्रेसको माग



काठमाडौं,२३ माघ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले द्धन्द्धकालमा भएका विभिन्न घटनामा विद्रोही समूहबाट लुटिएका सम्पत्ति फिर्ता गर्न माग गरेको छन् ।

मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापनपत्र बुझाउँदै द्धन्द्धको समयमा लुटिएका सम्पत्ति र बैंकबाट लुटिएका सुनचाँदीलगायतका बस्तु नफर्किएको भन्दै सरकराको ध्यायाकर्षण गराएको हो ।

नेपाली कांग्रेसकी नेतृ डिला संग्रोलासहितका नेताहरुले बुझाएको ज्ञापनपत्रमा अहिले नेपाली कांग्रेस तीन तहकै सरकारमा सशक्त भूमिकामा रहेकाले नेपाली कांग्रेसबाट जनताले ठूलो अपेक्षा राख्नु स्वाभाविक भएको र जनजिविकाका सवालमा हामीले काम गर्न जरुरी रहेको उल्लेख गरिएको छ । ।

कांग्रेसले मुख्यमन्त्रीलाई बाटोघाटो, खानेपानी, सिंचाई, रोजगारी, गुणस्तरीय शिक्षा तथा सुशासनको व्यवस्था गर्न, रुकुम पूर्व मा द्वन्दकालमा लुटिएका सम्पति अझै फिर्ता नभएको बैंकबाट लुटिएका सुन वापत क्षतिपूर्ति प्राप्त न भएकाले तत्काल ती समस्या सम्बोधन गर्न तथा पूर्वी रुकुममा भरपर्दो इन्टरनेटको व्यवस्था गर्नसमेत माग गरेका छन् ।

त्यस्तै रोजगारीको अभावमा ठूलो संख्यामा युवाहरु विदेशिइ रहेका छन्। त्यसैले उद्यमशीलता विकास गर्न रोजगारमूलक तालीम तथा निर्व्याजी ऋण प्रदान गर्नुका साथै उत्पादित सामग्रीको बजार व्यवस्थापन गर्न, अर्घाखाचीका किसानको चिस्यान केन्द्रमा रखिएको झन्डै एक करोड बराबर को सुन्तला कुहिएकाले मर्कामा परेका किसानहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्न, प्युठान, अर्घाखांची लगायतका जिल्लामा शुरु गरीएको एक घर एक धारा अभियान अन्तर्गत सरकारी ,स्थानीय समुदायले पुरा गरेको कामको अझै भुक्तानी हुन नसकेकाले तत्काल भुक्तानी गर्नपनि माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot